सेयर बजारबाट साउनमै उठ्यो ४ अर्ब २३ करोड रुपैयाँ पुँजीगत लाभकर

  २०८१ भदौ ५ गते ७:४०     विकासन्युज

काठमाडौं । सेयर बजार उचाइमा पुग्दै नयाँ रकेर्ड बनाउँदा सरकारले पनि लाभकरमा रेकर्ड कायम राखेको छ । दैनिक २० देखि ३० अर्बको कारोबार हुन थालेपछि सेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर उच्च संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमै पुँजी बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । जबकी गत वर्षभरी सरकारले सोही रकम हाराहारीमा मात्रै पुँजीगत लाभकर उठाएको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले पुँजी बजारका लगानीकर्ताबाट ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा एकपछि अर्काे रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो ।

पछिल्लो समय नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार पनि करिब ३० अर्ब रुपैयाँ हाराहारीमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.