पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा पुग्यो

  २०८१ भदौ ५ गते १२:५०     विकासन्युज

काठमाडौं । मौसम खराबीका कारण पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज भैरहवा डाइभर्ट भएको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण अवतरण गर्न नसकी यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीका अनुसार भिजिबिलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको हो ।

भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.