आइपीओ रोकिँदा ३० भन्दा धेरै जलविद्युत आयोजना समस्यामा परे

  २०८१ भदौ ५ गते १९:०९     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् ।बुधवार इप्पान र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन ।’

उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना आयोजनाहरु समस्यामा परेको बताएका हुन् ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाख बढी नेपालीहरूले जलविद्युतको सेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरूमा पलाएको पनि बताए ।

One comment on "आइपीओ रोकिँदा ३० भन्दा धेरै जलविद्युत आयोजना समस्यामा परे"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.