अर्बौं रकम ठगेको आरोप लागेका तीन दर्जन सञ्चालक सिंहदरबारमा, बचत फिर्ताको प्रतिबद्धता के गरे ?

  २०८१ भदौ ६ गते १४:१५     विकासन्युज

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन दर्जन बढी सहकारीका सञ्चालक तथा पदाधिकारीहरूलाई सिंहदरबारमै बोलाएर बयान लिएको छ । समितिले हालसम्म तीन दजर्न सहकारीका सञ्चालकहरुलाई सिंहदरबारमा बोलाएर बयान लिएको जानकारी दिएको हो ।

विभिन्न सहकारीको अर्बौं बचत ठगेको आरोपमा हाल हिरासत तथा जेलमा रहेका उनीहरुलाई गृह मन्त्रालयको सहयोगमा बयान लिइएको समितिले जानकारी दिएको छ । समितका सभापति सुर्य थापाले सामाजिक सञ्जाल मार्फत् सहकारीको रकम ठगेको आरोप लागेका व्यक्तिहरुलाई बोलाएर उनीहरूसाग छलफल गरिरहेका छन् ।

समिमितले हालसम्म शिवशिखर बहुउद्देश्यीय संस्थका पूर्व केदार शर्मा र उनकी श्रीमती गिता शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा, श्री लालिगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती(केबी उप्रेती) लगायत भीआईपी सञ्चालकहरुसँग बयान लिइसकेको जानकारी दिएको छ ।

यी हुन् बयान लिएका सञ्चालक

-समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्था लिका अध्यक्ष डा.तुल्सीप्रसाद भट्टराई ।

-बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये हिमाल वचत तथा ऋण सहकारी संस्था लि सूर्यविनायक–५, भक्तपुरका अध्यक्ष विज्ञान राई ।

-क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लि.क्षेत्रपाटी, काठमाडौंका अध्यक्ष रामचन्द्र शर्मा ।

-कुमारी सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लि. चावहिल, काठमाडौंका अध्यक्ष सूर्यध्वज न्यौपाने ।

-लुःनिभा बहुुउद्देस्यीय सहकारी संस्था, असन, काठमाडौंका अध्यक्ष(निलम्बित) मीनकृष्ण श्रेष्ठ ।

-सुमेरू वचत तथा ऋण सहकारी संस्था, कालीमाटीका कोषाध्यक्ष एवं सुमेरू पुल्चोकका लेखा प्रमुख रामकृष्ण अवाले ।

-दर्शन वचत तथा ऋण सहकारी संस्था, कीर्तिपुरका अध्यक्ष दिनेश दर्शनधारी ।

-स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर्ड सेभिङ एण्ड क्रेडिट, न्युप्लाजा, कुबेर सेभिङ एण्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला ।

-गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका संचालक विपिनकुमार आचार्य ।

-ज्येष्ठ वचत तगा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध मधुसूदन पाठक(सिते बा) ।

-हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्व अध्यक्ष सूर्यबहादुर गुरूङ ।

-कृषि विकास बहुउद्देश्यीय, कुमारीपाटी, ललितपुर र कृषि विकास वचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापा ।

-बराह वचत तथा ऋण सहकारी संस्था लि.धरानका अध्यक्ष मानबहादुर विश्वकर्मा ।

-कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. मानभवन,ललितपुरका अध्यक्ष लीलाबहादुर गुरूङ (एलवी) ।

-देउराली बहुउद्देश्यीय सहकारी संस्था, सातदोबाटो, ललितपुरका अध्यक्ष रविन्द्र चौलागाईं ।

-सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशकुमार पुन ।

-ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य संचालक सुधिर बस्नेत ।

-सुप्रिम वचत तथा ऋण सहकारी संस्था,बुटवलका अध्यक्ष ओमप्रकाश गुरूङ ।

-सुप्रिम वचत तथा ऋण सहकारी संस्था,बुटवलको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरूङ ।

-मित्रमिलन वचत तथा ऋण सहकारी संस्था, पोखराका अध्यक्ष रमण पौडेल ।

-बलिदानी वचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ ।

-प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत(सिइयो) सुरेन्द्रमणि पौडेल ।

-स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ ।

-सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याल ।

-सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार

-सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल ।

कान्तिपुर सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी ।

-सिभिल सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष इच्छाराज तामाङ ।

-आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती(केबी उप्रेती) ।

-सुमेरू वचत तथा ऋण सहकारी संस्था लि.पुल्चोकका शेयरसदस्य राजबहादुर सिंह ।

सुमेरू वचत तथा ऋण सहकारी संस्था लि.पुल्चोकका पूर्व अध्यक्ष हेमराज दाहाल । हालका अध्यक्ष कृष्णप्रसाद कँडेल ।

-पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङ ।

-नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा ।

-शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मा ।

-तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा ।

-इमानसिंह राई, अध्यक्ष, गोरखा वचत तथा ऋण सहकारी संस्था, ललितपुर

-सुरेन्द्र भण्डारी, सचिव, कार्यकारी प्रमुख, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.