बाबुको राजीनामा स्वीकृतसँगै छोरो अध्यक्षमा नियुक्त, पब्लिक कम्पनी प्राइभेट जस्तै

  २०८१ भदौ ६ गते १६:०५     विकासन्युज

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो ।

यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए ।

प्रेमबहादुर श्रेष्ठ ध्रुवकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर, लगानीका आधारमा सञ्चालक समिति र अध्यक्ष नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्यरूपमा लिने अभ्यास पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.