नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

  २०८१ भदौ ७ गते ७:२८     विकासन्युज

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेना भनाए छनोट निर्देशनालय जङ्गी अड्डाले २८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ १४७ जना, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि १४ जना, महिला २४ जना, आदिवासी जनजाती ३८ जना, मधेसी ३३ जना, दलित १८ जना र पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आज भदौ ७ गतेदेखि असोज ५ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.