एआई प्रविधिको दुरुपयोगप्रति उदाय् समाजद्वारा ध्यानाकर्षण

  २०८१ भदौ ७ गते १४:००     विकासन्युज

काठमाडौं । उदाय् समाजले सामाजिक सञ्जालबाट एआई प्रविधिको दुरुपयोग गरेर विशेषगरी महिलाको चरित्र हत्या हुने, धार्मिक सहिष्णुता तथा जातीय सद्भाव खल्बलिने र शान्ति सुरक्षामा आँच आउने तरिकाले प्रचारप्रसार हुन थालेकामा चिन्ता व्यक्त गरेको छ ।

समाजले आज एक विज्ञप्ती जारी गरी त्यस्ता गतिविधि सञ्चालन गर्ने समूह वा व्यक्तिमाथि कडा कानुनी कारबाहीको माग गर्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो ।

समाजले विज्ञप्ति प्रकाशित गरी कसैको वैयक्तिक गोप्यता भङ्ग हुने, मानमर्दन हुने वा प्रतिष्ठामा धक्का पुग्ने गलत प्रचारबाजी रोक्न प्रबुद्ध वर्ग, नागरिक समाज र नियमनकारी निकायको निगरानी र सहकार्यका लागि अपिल पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.