राष्ट्र बैंकले खारेज गर्यो ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स

  २०८१ भदौ ७ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंककले ५ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स रद्द गरेको हो ।

बैंकका अनुसार राम्रो रेमिट प्रालि, ग्लोबल माउन्टेन रेमिट प्रालि, संसार रेमिट प्रालि, ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज भएको हो ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (प्रथम संशोधनसहित) को विनिमय १३ को उप विनियम (१०) खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.