पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन ‘पूर्वाधार सम्मेलन’

  २०८१ भदौ ७ गते १८:५५     विकासन्युज

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण तयार खोज्ने उद्देश्यका साथ भदौ २७ र २८ गते पाँचौ पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ । पूर्वाधार क्षेत्रमा नवप्रवर्तनको प्रवर्द्धन, रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसङ्घको आयोजनामा उक्त सम्मेलन आयोजना हुन लागेको जानकारी दिएको छ ।

परिसङ्घ मुख्य आयोजक रहने उक्त सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय रहेको छ । समृद्ध अर्थतन्त्र निर्माणको आधार पूर्वाधार विकास भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना हुने सम्मेलनको मुख्य नारा ‘रणनीतिक लगानीमार्फत दिगो विकास’ रहेको छ ।

दिगो विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्ब रुपैयाँ बढी लगानी जरुरी रहेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको विवरण अनुसार, पूर्वाधारको विकासका लागि एकीकृत एवम् सामूहिक लगानीको जरुर छ । परिसङ्घको अध्ययन अनुसार दिगो विकास लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ३० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको उल्लेख छ ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार, पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्नेछ । पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यास के छन् भन्ने बारेमा गहन रुपमा सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिए ।

लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शो केशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पुनः पछिल्ला प्रगतिसहित प्रस्तुत गरिने बताए ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, र्पूाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासमा रहेका अवरोधलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.