२०८१ भदौ ९ गते १२:४९ विकासन्युज
काठमाडौं । टेलिग्राम मेसेजिङ एपका अर्बपति संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) पावेल डुरोवलाई शनिबार साँझ पेरिस बाहिर बोर्जेट एयरपोर्टबाट पक्राउ गरिएको छ ।
निजी जहाजबाट फ्रान्सको बुर्जेट एयरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको हो ।
उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको बताइएको छ । प्रहरीको अनुसन्धान टेलिग्राममा मध्यस्थकर्ताहरूको कमीमा केन्द्रित थियो । मध्यस्थकर्ताको अभावले मेसेजिङ एपमा आपराधिक गतिविधिलाई निरन्तरता दिएको उनीमाथि आरोप छ ।
डुरोव रुसी-फ्रान्सेली अर्बपति हुन् । पक्राउ परेका डुरोवमाथि आइतबारदेखि अनुसन्धान सुरु गरिने बताइएको छ । एजेन्सी
Copyright © 2024 Bikash Media Pvt. Ltd.