सरकारलाई बैंकले तिरे ३० अर्ब कर, यी हुन् २ अर्ब बढी तिर्ने चार बैंक

  २०८१ भदौ ९ गते १५:२८     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रले सरकारलाई करिब ३० अर्ब रुपैयाँ कर तिरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रले नाफा बापत २९ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर तिरेको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नबिलले गत आवमा २ अर्ब ७३ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ । त्यस्तै, प्रभुले २ अर्ब ५७ करोड, ग्लोबल आइएमईले २ अर्ब ५५ करोड र नेपाल इन्भेटमेन्ट मेगा बैंकले २ अर्ब १४ करोड रुपैयाँ करका लागि प्रोभिजन गरेको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार एभरेष्टले १ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब ६४ करोड, कुमारीले १ अर्ब ६२ करोड रुपैयाँ र नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड रुपैयाँ करका लागि छुट्याएको छ ।

सिद्धार्थ बैंकले १ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ करोड, नेपाल बैंकले १ अर्ब २३ करोड, हिमालयन बैंकले १ अर्ब २० करोड, एनएमबिले १ अर्ब र सानिमाले ९७ करोड रुपैयाँ कर तिर्नका लागि प्रोभिजन गरेको छ ।

तथ्यांकअनुसार नेपाल एसबिआईले साढे ८६ करोड, सिटिजन्सले ७४ करोड, माछापुच्छ«ेले ७९ करोड र एनआईसी एसियाले ५४ करोड रुपैयाँ करका लागि छुट्याएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीमा ३० प्रतिशत आयकर तिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षको आम्दानीबाट बैंकहरुले सो कर तिर्नका लागि प्रोभिजन गरेका हुन् । राष्ट्र बैंकले वित्तीय स्वीकृत गरेपछि मात्रै पछि बैंकहरुले आम्दानीका आधारमा कर रकम निर्धारण हुनेछ ।

2 comments on "सरकारलाई बैंकले तिरे ३० अर्ब कर, यी हुन् २ अर्ब बढी तिर्ने चार बैंक"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.