सुजुकीकाे ‘पर्वोत्सव’ योजना : ४ लाखसम्म नगद छुट, ५ वर्षका लागि शून्य रनिङ खर्च

  २०८१ भदौ ११ गते ११:३१     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘नाडा अटो शो’ लक्षित गरी सो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई ‘स्क्रयाच कार्ड’ मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट दिने प्रावधान पनि ल्याएको छ ।

‘नाडा अटो शो’ मा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ ‘एपिक स्विफ्ट’, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य ‘रनिङ’ खर्च हुने गरी अफर पनि ल्याएको छ । यी योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले ‘रनिङ’ खर्चको बोझबिना ढुक्कले ड्राइभिङ अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत शून्य रनिङ खर्चमा स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन भने सो अवधिका लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि कुनै शुल्क लाग्ने छैन ।

फ्री अटो बीमा र एक्सेसरिजमा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाइनेछ । थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसमा बिक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी दिएको छ ।

विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसका माझ सीजीले यो योजना प्रस्ताव गरेको उल्लेख गर्दै ग्राहकहरूले फाइदाजनक र झन्झट–रहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.