बिलबीजक नभएका १ करोड ३१ लााख बढी मूल्यका सामान बरामद

  २०८१ भदौ ११ गते १४:५१     विकासन्युज

वीरगञ्ज । वीरगञ्जमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधी तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधी बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए ।

प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधी र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

One comment on "बिलबीजक नभएका १ करोड ३१ लााख बढी मूल्यका सामान बरामद"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.