नेपालमै पहिलो पटक व्यावसायिक र व्यक्तिगत खाताका लागि एउटै एप

  २०८१ भदौ ११ गते १८:४४     विकासन्युज

काठमाडौं । हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरूका लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।

अब इसेवासँग आबद्ध भएका मर्चेन्टहरूले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् ।

पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो ।

इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा । यसबाट प्रयोगकर्तारमर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् ।

भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् ।

त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ ।

यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।

यो मर्चेन्ट लिकंको बारेमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरुलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.