२०८१ भदौ १२ गते ६:४६ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को साउन देखि बैंकहरूलाई काउन्टर साइक्लिकल बफर नलाग्ने जनाएको हो ।
गत आर्थिक वर्षमा बैंकहरूले ०.५ प्रतिशत बफर क्यापिटल समेत गरी ११.५ प्रतिशत कुल पुँजीकोष कायम गर्नु परेको थियो । कुल ग्राह्रास्थ उत्पादनअनुसार कर्जा प्रवाह गर्न पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार काउन्टर साइक्लिकल बफर लगाइएको थियो ।
अब चालु आर्थिक वर्षमा बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी गरी कुल ११ प्रतिशत पुँजीकोष कायम गरे पुग्छ ।
साथै २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.