कुमारीले घोषणा गर्याे १५ प्रतिशत लाभांश

  २०८१ भदौ १२ गते ७:१५     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १५ प्रतिशतका दरले ६ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ३ गते छैठौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा कुमारी बैंक टंगालमा साँझ ५ बजे बोलाइएको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै स्वतन्त्र सञ्चालक सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.