सेयर बजार सामान्य बढ्दा पनि लगानीकर्ताको सम्पत्ति ६० अर्ब ३५ करोड रुपैयाँ बढ्यो

  २०८१ भदौ १२ गते १५:३५     विकासन्युज

काठमाडौं । दिनभरिको उतारचढाव पछि पुँजी बजार सामान्य अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८० अंक बढेर २ हजार ७८६.४० अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक ११२ अंक घटेको थियो ।

साथै आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १ लाख ६८ हजार १७५ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार बुधबार सेयर बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसअघि हिजो ४४ खर्ब १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण थियो । हिजोको तुलनामा बजार पुँजीकरण ६० अर्ब ३५ करोड रुपैयाँ सेयर बजार पुँजीकरण बढेको हो । सूचीकृत कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरणका रूपमा लिइन्छ ।

बुधबार बैंकिङ समूह ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०९ प्रतिशत, जलविद्युत समूह ०.४९ प्रतिशत, लगानी समूह १.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.०३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९३ प्रतिशत र अन्य समूह ०.०९ प्रतिशत बढेको छ ।

तर, विकास बैंक समूह ०.८० प्रतिशत, फाइनान्स समूह १.६९ प्रतिशत, जीवन बीमा समूह ०.४४ प्रतिशत, लघुवित्त समूह १.०८ प्रतिशत, निर्जीवन बीमा समूह ०.९७ प्रतिशत र व्यापार समूह १.४३ प्रतिशत घटेको छ ।

आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । साथै चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९४९ रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

यस्तै नेपाल फाइनान्सको ४१ करोड ५९ लाख १८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाख ५७ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३३ करोड ९७ लाख ४४ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ३२ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.