२०८१ भदौ १३ गते ७:१० विकासन्युज
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी विनय कुमार तोदीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
संस्थापक सेयरधनी तोदीले आफ्नो स्वामित्वको झण्डै २ लाख कित्ता सेयर बेचेर बाहिरिने भएका हुन् ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी तोदीले १ लाख ९६ हजार ९७३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
यदि ३५ दिनभित्र संस्थापकले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.