अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५

  २०८१ भदौ १३ गते १३:१५     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ ।

हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् ।

साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ ।

मूल्य

फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् ।

इन्जिन

सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ ।

किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ ।

कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

ग्राउण्ड क्लियरेन्स

सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ ।

सिट क्षमता

सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ ।

टायर

यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ ।

सुरक्षा प्रणाली

सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ ।

उच्च गति

सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.