त्रिभुवन विमानस्थलको पार्किङ भाडामा, साढे ३३ करोड रुपैयाँ तिर्नुपर्ने

  २०८१ भदौ १४ गते ७:३९     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशान शुल्क (पार्किङ) उठाउने जिम्मा निजी कम्पनीलाई दिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले पार्किङ शुल्क उठाउने कार्य ३ वर्षसम्म ठेक्कामा दिने भएको हो ।

विमानस्थलको अपरेशन एयरलाईन्स भवन तथा आन्तरिक भवन अगाडी कार्यालयले स्थान तथा क्षेत्रफलमा विशान शुल्क उठाउने कार्य संचालनको लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ३ वर्षको लागि आय ठेक्कामा दिने जनाएको छ ।

इजाजतपत्र प्राप्त गरेका ईच्छुक व्यक्ति, फर्म, कम्पनीले प्रचलित कानूनको अधिनमा रही बोलपत्र दाखिला गर्नुहुन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयका अनुसार ७ हजार ७५५.४ वर्गमिटर क्षेत्रफल पार्किङका लागि छुट्याएको छ । तीन वर्षमा पार्किङको भाडा ३३ करोड ३० लाख ३५ हजार ५६१ रुपैयाँ रहेको नागरिक उड्डयन कार्यालय गौचरले जनाएको छ ।

सूचना प्रकाशति भएको ३० दिनभित्र बोलपत्र पेस गर्न कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.