फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने गोल्ड मेडलिष्ट राजा

  २०८१ भदौ १४ गते ८:३७     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए ।

लघुवित्तको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल संचालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्र राज रेग्मी संचालक थिए ।

रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् ।

अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारी जस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनी स्वर्ण पदक (गोल्ड मेडलिष्ट) पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.