नाडा अटो शो तताइरहेका ५ महँगा मोटरसाइकल, युवाको रोजाइमा, मूल्य २५ लाखसम्म

  २०८१ भदौ १४ गते ११:२१     विकासन्युज

काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो जारी छ । हजारौं अवलोकनकर्ताहरू नाडा अटो शो अवलोकन गर्न आइरहेका छन् । नयाँ-नयाँ मोडलका सवारी साधनले उपभोक्तालाई आकर्षित गरिरहेको छ । सस्ता महँगा सवारी साधनले ग्राहकको मन जितिरहेका छन् । नयाँ-नयाँ गाडी तथा मोटरसाइकलहरू हेर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । आज हामी नाडा अटो शोमा प्रदर्शन गरिएका महँगा पाँच वटा मोटरसाइकलको विषयमा जानकारी दिँदैछौं । युवा लक्षित ती मोटरसाइकल नाडा अटो शोकै महँगो मूल्य पर्छ ।

जुमाभको एस ८ २५०

नाडा अटो शोमा आकर्षणका रुपमा रहेको यो डट मोटरसाइकल हो । ९४० मिलिमिटर उचाई रहेको यस मोटरसाइकलको ८ लिटरको इन्जन ट्याङ्की तथा ३२० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । जसको मूल्य ७ लाख ९९ हजार रुपैयाँ पर्छ । नाडा अटो शोमा अधिकांशले सो मोटरसाइकललाई रुचाएका छन् ।

यामाहा डब्लुआर १५५ आर

यामाहाको डब्लुआर १५५ आर डट पनि डट मोटरसाइकल हो । जसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ । १५५ सीसी क्षमता रहेको यस मोटरसाइकलमा ८.१ लिटर क्षमताको ईन्धन ट्याङ्की रहेको छ ।

२ हजार १४५ मिलिमिटर लम्बाई रहेको यस मोटरसाइकलको सिट उचाई भने ८८० मिलिमिटर रहेको छ । मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २४५ मिलिमिटर छ । उक्त मोटर साइकलको तौल १३४ केजीको रहेको छ ।

कम्पनीका अनुसार एमटी-१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, हल्का एल्युमिनियम स्विङ आर्महरू र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् ।

भि-स्ट्रोम एसअर

सुजुकीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम एसअर २५० सीसी इन्जिन भएको सो मोटर साइकलको मूल्य ७ लाख रुपैयाँ पर्छ । नाडा अटो शोमा प्रदर्शनीमा राखिएका मोटरसाइकलमध्ये यो पनि एक महँगो मोटरसाइकल हो ।

यस मोटरसाइकलमा १२ लिटर इन्धन ट्याङ्की रहेको छ । २०५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ८३५ मिलिमिटर उचाईको सिट भएको सो मोटरसाईकलको तौल १६७ केजी रहेको छ । यो मोटरसाइकलमा सुजुकी कनेक्ट फिचर, डबल च्यानल एबीएस जस्ता फिचर रहेको कम्पनीले बताएको छ । सुजुकी भि स्ट्रोम सिरिज ग्लोबल मार्केटमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो ।

बेनेली ७५२ एस

इटालियन ब्रान्ड बेनेली ७५२ एस मोटरसाइकल जारी नाडा अटो शोको सबैभन्दा महँगो मोटरसाईकल हो । जसको मूल्य २५ लाख १५ हजार रुपैयाँ पर्छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ ।

इटालियन ब्रान्ड बेनेलीको लागि नेपालको एकमात्र आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले ७५२ एस मोटरसाइकल नयाँ मोडलका साथ नेपाली बजारमा भित्र्याएको छ । केटीएमले सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई सम्बोधन गर्दै बिक्री गरिरहेको छ । केटीएमले बेनेलीको पार्टपुर्जाहरुको पनि बिक्री गर्दै आइरहेको छ ।

त्यसैगरी, नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२ एस उत्कृष्ट डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । कम्पनीले ७५२ एसको खरिदमा पहिलो ३ जना ग्राहकलाई १ लाख १० हजारको छुट दिने जनाएको छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५००आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ ।

यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ्ग सिस्टम, सेमी फ्लटिङ डेस्क, अगाडी फोर पिस्टन क्यालिपर तथा पछाडीतिर डबल पिस्टन फ्लटीङ क्यालिपर, १७ इन्च आल्मुनियम अले रिम, १४।५ लिटर क्षमताका ट्याङकी रहेको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ ।

एनएस ४०० जेड

पस्लरको एनएस ४०० जेड मोटरसाईकल जारी नाडा अटो शोको आकर्षकको रुपमा रहेको छ । यो एनएस सिरिजको प्रिमियम मोटरसाइकल हो । जसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ ।

सो मोटरसाईकलमा ३७३ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन छ । कम्पनीका अनुसार सो इन्जनले ४० बीएच पावर तथा ३५ एनएम टर्क उत्पादन गर्छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपर्युक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.