प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

  २०८१ भदौ १४ गते १३:५३     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याएको हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका छन् ।

शुक्रबार काभ्रेको धुलिखेलमा विश्वविद्यालयको २९औं दीक्षान्तअघि प्रधानमन्त्री ओलीले हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन् ।

कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो ।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी आएर प्रदूषण कम गर्न सहयोग हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.