२०८१ भदौ १४ गते १४:२५ विकासन्युज
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त स्वयम्भू, काठमाडौंलाई सहयोग गरेको छ ।
संस्थाले प्रहरी वृत्त स्वयम्भूमा रहेका कुइक रेसपोन्स टीमलाई २० थान हेल्मेट, फ्लोरोसेन्ट ज्याकेट, नी गार्ड र पन्जा हस्तान्तरण गरेको हो ।
उक्त सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहालले प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दलाई हस्तान्तरण गरेका हुन् ।
स्वयम्भू क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूलाई चेकिङ गर्न, गस्ती गर्न तथा जोखिम व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त सहयोग गरेको जनाएको छ ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक तथा आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने संस्थाले जनाएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत १ लाख ५० हजारभन्दा बढी विपन्न घरपरिवारहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.