प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्धको अन्तरिम आदेश खारेज

  २०८१ भदौ १४ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको थियो । तर, सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत् भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.