२०८१ भदौ १५ गते २१:३३ विकासन्युज
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो।
Copyright © 2025 Bikash Media Pvt. Ltd.