२०८१ भदौ १५ गते २२:३० विकासन्युज
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो ।
मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए ।
स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए ।
हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ ।
जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।
नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.