विशाल बजारको ५ करोड रुपैयाँ पार्किङ्ग भाडा उठेन

  २०८१ भदौ १६ गते ८:५५     विकासन्युज

काठमाडौं । विशाल बजार कम्पनीको पार्किङ स्थल भाडामा लिएको कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ । विशाल बजारको पार्किङ्ग क्षेत्र संचालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडा वापतको ५ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो ।

सम्झौता बमोजिम उज्वल निर्माण सेवाले मासिक वहाल रकम, विद्युत महाशुल वापतको रकम र सोको हर्जना रकम समेत गरी ४ करोड ९२ लाख ६८ हजार ८४० रुपैयाँ भुक्तानी गर्नुपर्ने रहेको विशाल बजार कम्पनीले जनाएको छ । उक्त रमम हालसम्म पनि दाखिला नगरेको हुँदा हिसाब फरफारक गर्न भनेको हो ।

यदि समयमै उक्त रकम भुक्तानी नगरेमा कानुनी कारवाहीको प्रकृया अघि बढाईने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.