पहिले दशैं ठूलो चाड लाग्थ्याे तर अटो शो पो ठूलो रहेछ : नाडा अध्यक्ष चौधरी

  २०८१ भदौ १६ गते १८:१५     विकासन्युज

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो दशैं भन्दा ठूलो चाड रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो शोमा मानिसहरूको किनमेल देख्दा दशैं आएको जस्तै लागेको बताएका हुन् ।

साथै नाडा अटो शोले दशैंलाइ स्वागत गरेको समेत उनको भनाइ छ । ‘पहिले दशैं ठूलो चाड हो जस्तो लाग्थो । तर, अटो क्षेत्रमा लागेदेखि नाडा अटो शो पो ठूलो रहेछ,’ उनी भन्छन्, ‘अटो शोमा मानिसहरूको किनमेल देख्दा साँच्चै नै दशैं आएको जस्तो लाग्यो ।’

उनका अनुसार नाडा अटो शो २०२४ मा ७४ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अध्यक्ष चौधरीले नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको बताउँदै नेपाली अटो क्षेत्र शोमा रहेको बताए । शोले अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए । ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनको भनाइ छ ।

‘अहिले अटो क्षेत्र शोकमा छ, हामीले चाहिने जति लगानी पनि गर्न सकेका छैनौं, यस्तोमा मैले गर्न सक्ने भनेको अटो व्यवसायीको यही समस्या सरकारसँग राख्नु हो, जुन समस्या मैले राखेको छु,’ उनले भने । भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.