कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकटमा आर्कषक छुट पाउने

  २०८१ भदौ १६ गते १८:४८     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूकf परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरहरुबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछोरी) का लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ  छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.