अगस्टमा ७२ हजार बढी पर्यटकले नेपाल घुमे

  २०८१ भदौ १७ गते १२:०२     विकासन्युज

काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले दिएको सूचनाअनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका हुन् ।

यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटकले नेपाल घुमेका थिए ।

अगस्टमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन् ।

यस्तै, कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार बढी पर्यटक भित्रिएका थिए । २०१९ पछि कोरोना फैलिएका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.