नतिजामा चित्त नबुझेका विद्यार्थीलाई ओएमआर र एन्सर की हेर्न दिइने

  २०८१ भदौ १८ गते ११:००     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे ओएमआर र एन्सर की हेर्न दिने बताएको छ ।

विद्यार्थीले आफ्नो नतिजामा चित्त नबुझे सम्वन्धित विद्यार्थीलाई उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न दिने बताएको हो । आयोगले नतिजामा गम्भिर त्रुटी गरेपछि सार्वजनिक रुपमा आलोचना हुँदा यस्तो निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

नतिजामा चित्त नबुझेका विद्यार्थीले ओएमआर र एन्सर की हेर्न पाउनुपर्ने माग गरेका थिए । आयोगले अब विद्यार्थीहरुलाई नतिजा प्रकाशनको क्रममा कोडिङ गरी स्क्यान गरिएको उत्तरपुस्तिकाको शीर्ष भाग (हेड) र मुल भाग (बोडी) एवं सम्बन्धित सेटको उत्तर कुन्जिका (एन्सर की)को फोटोकपी उपलब्ध गराउने छ । त्यसका लागि परीक्षार्थीले प्रवेश पत्र र नागरिकता सम्लग्न गरी आफै आयोगमा पुग्नुपर्ने बताएको छ ।

सर्वोच्च अदालतले १९ असार २०७९ मा चिकित्सा शिक्षा आयोगलाई विद्यार्थीले चाहेमा उत्तर पुस्तिका हेर्न दिन निर्देशनात्मक आदेश जारी गरेको थियो । सोही आदेशअनुसार आफूहरुले उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग विद्यार्थीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.