बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि जारी, ५ सदस्यीय समिति रहने

  २०८१ भदौ १९ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि, २०८१ जारी गरेको छ । प्राधिकरणले जारी गरेको कार्यविधिअनुसार विवाद समाधानका लागि एक समिति रहने छ ।

प्राधिकरणका अध्यक्षको संयोजकमा ५ सदस्यीय मेलमिलाप तथा मध्यस्थता समिति गठन गर्ने कार्यविधिमा उल्लेख छ । जसमा संयोजकका रूपमा प्राधिकरणका अध्यक्ष रहने छन् भने अन्य चार सदस्यमा कार्यकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखा प्रमुख र अध्यक्षले तोकेको एक जना उजुरी शाखाको अधिकृत सदस्य सचिवको रूपमा समितिमा रहने छन् ।

सो समितिले विवादहरूको निरूपण गर्नेछ ।

पूर्णपाठः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.