२०८१ भदौ १९ गते १५:१८ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना अर्थात् साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ३ सय १४ बीमालेख बिक्री गरेका छन् ।
कम्पनीहरूले सबैभन्दा धेरै मोटर अन्तर्गतको बीमालेख बिक्री गर्दा बीमा शुल्क भने सम्पत्ति बीमाबाट बढी संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
उनीहरूले कुल बीमालेखको ४६.७७ प्रतिशत जारी गरेका छन् । अर्थात्, १ लाख १२ हजार ८ सय ६५ वटा मोटर बीमालेख जारी गर्दा सम्पत्ति बीमालेख ४२ हजार ७ सय ३८ वटा बिक्री भएको छ ।
यता, प्रिमियमको हिस्सा भने सम्पत्ति बीमाको ३३.११ प्रतिशत बढी छ । अर्थात्, सम्पत्ति बीमालेख अन्तर्गत १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ प्रिमिय संकलन भएको छ ।
मोटर बीमालेख अन्तर्गत संकलन भएको बीमा शुल्कको हिस्सा २८.३८ प्रतिशत छ । मोटर बीमालेख बिक्रीबाट १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ ।
पोर्टफोलियो अनुसार जारी बीमालेख र बीमा शुल्क
सम्पत्ति : ४२ हजार ७ सय ३८ वटा बीमालेख जारी, १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
मोटर : १ लाख १२ हजार ८ सय ६५ वटा बीमालेख जारी, १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
सामुद्रिक : २९ हजार ६ सय ३ वटा बीमालेख जारी, २९ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
हवाई : ६ वटा बीमालेख जारी, ५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
निर्माण : १ हजार ३ सय ५७ वटा बीमालेख जारी, ५० करोड २८ हजार रुपैयाँ बीमा शुल्क संकलन ।
कृषि तथा पशुपंक्षी : १८ हजार ४ सय ८९ वटा बीमालेख जारी, २० करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
लघु : २१ हजार ६ सय ८ वटा बीमालेख जारी, ५ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
विविध : १४ हजार ६ सय ४८ वटा बीमालेख जारी, ५५ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.