मुस्ताङ र हुम्ला बाहेक सबै जिल्लामा फैलियो डेंगी, ६ हजार बढी संक्रमित

  २०८१ भदौ १९ गते १७:३८     विकासन्युज

काठमाडौं । मुस्ताङ र हुम्ला बाहेक अरु सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला बाहेक अन्य सबै ठाउँमा डेंगी संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलदा संक्रमितहुनेको संख्या ६ हजार ८ सय ३१ पुगेको छ । महाशाखाका अनुसार हालसम्म डेंगीं संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा डेंगीका बिरामी देखिएका छन् । गण्डकीमा डेंगी पुष्टि हुनेको संख्या ३हजार २सय २९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै ११४९ जनामा डेंगी पुष्टि भएको छ। तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशमा १७२३ मा डेंगी देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगी संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.