नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा

  २०८१ भदौ २० गते ७:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका अनुसार उक्त सेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

यदि ३५ दिनभित्र उक्त सेयरमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.