राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

  २०८१ भदौ २० गते ७:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो । साथै बोनस दर बीमाङकीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने कम्पनीको भनाइ छ ।

आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्म जारी गरेका १ लाख ५२ हजार ८९० बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.