विदेशी कम्पनीले लिए डेढ खर्ब बढी लाभांश, उत्पादनमूलक क्षेत्रबाट बाहिरियो सबैभन्दा धेरै

  २०८१ भदौ २० गते १७:०२     विकासन्युज

काठमाडौं । नेपालमा लगानी गरेवापत विदेशी कम्पनीहरूले ८ वर्षको अवधिमा डेढ खर्ब बढी रकम लाभांशका रूपमा फिर्ता लिएका छन् । राष्ट्र बैंकका अनुसार विदेशी कम्पनीहरूले नेपालको कृषि, निर्माण क्षेत्र, विद्युतीय उपकरण, उत्पादनमुलक क्षेत्र, खानीजन्य क्षेत्र, खाद्य सेवा, शिक्षा, बैंक तथा बीमा सेवा, स्वास्थ्य तथा सामाजिक कार्य, सूचना तथा प्रविधि र यातायात क्षेत्रमा लगानी गरेका छन् ।

उक्त क्षेत्रमा लगानी गरेवापत विदेशी कम्पनीहरूले नाफाको रूपमा ८ वर्षको अवधिमा १ खर्ब ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको लाभांश लगेका हुन् । तर, विगत वर्षको तुलनामा पछिल्ला वर्ष विदेशी कम्पनीहरूले लिएको लाभांश भने घटेको देखिन्छ ।

नेपालमा प्रत्यक्ष लगानी गरेर विदेशी कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा १७ अर्ब ३३ करोड रुपैयाँ, आव २०७८/७९ मा १५ अर्ब ६७ करोड रुपैयाँ, आव २०७७/७८ मा २६ अर्ब ७ करोड रुपैयाँ, आव २०७६/७७ मा १२ अर्ब ९० करोड रुपैयाँ लाभांश लिएका थिए ।

यस्तै, आव २०७५/७६ मा २७ अर्ब ७८ करोड रुपैयाँ, आव २०७४/७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ, आव २०७३/७४ मा १७ अर्ब २४ करोड रुपैयाँ र आव २०७२/७३ मा ६ अर्ब २५ करोड रुपैयाँ लाभांश नेपालबाट विदेशी कम्पनीहरूले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

यस अवधिमा विदेशी कम्पनीहरूले सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रबाट लाभांश फिर्ता लिएका छन् । आठ वर्षको अवधिमा विदेशी कम्पनीहरूले यस क्षेत्रबाट ५२ अर्ब १३ करोड रुपैयाँ लाभांश फिर्ता लिएका हुन् ।

यस क्षेत्रबाट विदेशी कम्पनीहरूले आव २०७९/८० मा ८ अर्ब ८४ करोड रुपैयाँ, आव २०७८/७९ मा ७ अर्ब ३१ करोड रुपैयाँ, आव २०७७/७८ मा ६ अर्ब ७४ करोड रुपैयाँ, आव २०७६/७७ मा ७ अर्ब ५२ करोड रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ७७ करोड रुपैयाँ र आव २०७४/७५ मा ११ अर्ब ९१ करोड रुपैयाँ लाभांश लिएका थिए ।

यातायात क्षेत्रबाट आव २०७९/८० मा ४ करोड २९ लाख रुपैयाँ, आव २०७८/७९ मा २ करोड ५७ लाख रुपैयाँ, आव २०७६/७७ मा ४१ लाख रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब २५ करोड रुपैयाँ, आव २०७४/७५ मा २३ अर्ब ६४ करोड रुपैयाँ गरी कुल यातायात क्षेत्रबाट ३६ अर्ब २६ करोड रुपैयाँ लाभांश लिएका छन् ।

यस्तै, सूचना तथा प्रविधि क्षेत्रबाट विदेशी कम्पनीहरूले आव २०७९/८० मा ३ अर्ब ६७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ४० करोड रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब ९८ लाख रुपैयाँ, आव २०७३/७४ मा ८ अर्ब ६९ करोड रुपैयाँ र आव २०७२/७३ मा १ अर्ब ६९ करोड रुपैयाँ गरी कुल ३३ अर्ब ४४ करोड रुपैयाँ लाभांश फिर्ता लिएका छन् ।

त्यस्तै, विद्युतीय क्षेत्रमा लगानी गरेर विदेशी कम्पनीले आव २०७९/८० मा १३ करोड १ लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ६७ करोड रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ८१ करोड रुपैयाँ, आव २०७६/७७ मा ३ करोड २३ लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ, आव २०७४/७५ मा २ अर्ब ९२ करोड रुपैयाँ, आव २०७३/७४ मा ३ अर्ब २६ करोड रुपैयाँ र आव २०७२/७३ मा ३ अर्ब १५ करोड रुपैयाँ गरी कुल १७ अर्ब ७६ करोड रुपैयाँ नाफा लिएका छन् ।

यस्तै, बैंक तथा बीमा क्षेत्रबाट आव २०७९/८० मा ३ अर्ब ५० करोड रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ८ करोड रुपैयाँ, आव २०७७/७८ मा ८६ करोड ८३ लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ७९ करोड रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब १६ करोड रुपैयाँ, आव २०७४/७५ मा ८८ करोड ६६ लाख रुपैयाँ, आव २०७३/७४ मा १ करोड ३७ लाख रुपैयाँ र आव २०७२/७३ मा १ करोड ३६ लाख रुपैयाँ गरी कुल १३ अर्ब ३३ करोड रुपैयाँ लाभांश विदेशी कम्पनीले लिएका छन् ।

औद्योगिक क्षेत्रबाट आव २०७३/७४ मा ५ अर्ब १६ करोड रुपैयाँ र आव २०७२/७३ मा १ अर्ब ३८ करोड रुपैयाँ गरी कुल ६ अर्ब ५४ करोड रुपैयाँ लाभांश विदेशी कम्पनीले लिएका छन् ।

विदेशी कम्पनीहरूले अन्य क्षेत्रबाट १ अर्ब ९५ करोड रुपैयाँ लाभांशका रूपमा फिर्ता लिएका छन्। यस क्षेत्रबाट आव २०७९/८० मा १ अर्ब ११ करोड रुपैयाँ, आव २०७८/७९ मा १० करोड ६६ लाख रुपैयाँ, आव २०७७/७८ मा ३५ करोड ७३ लाख रुपैयाँ, आव २०७६/७७ मा ९ करोड ७१ लाख रुपैयाँ, आव २०७५/७६ मा १ करोड २८ लाख रुपैयाँ, आव २०७४/७५ मा १५ करोड २८ लाख रुपैयाँ, आव २०७३/७४ मा १० करोड ८४ लाख रुपैयाँ र आव २०७२/७३ मा ४१ लाख रुपैयाँ लाभांशका रुपमा विदेशी कम्पनीले लिएका छन् ।

नेपालमा लगानी गरेर नाफाका रूपमा विदेशी कम्पनीहरूले ८ वर्षको अवधिमा शिक्षा क्षेत्रबाट ९९ करोड ८४ लाख रुपैयाँ, निर्माण क्षेत्रबाट २६ करोड ३९ लाख रुपैयाँ, खाद्य सेवाबाट ७ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य तथा सामाजिक कार्यबाट ५१ लाख रुपैयाँ र कृषि क्षेत्रबाट ३ अर्ब रुपैयाँ फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.