२०८१ भदौ २० गते १३:४० विकासन्युज
काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रिटीहरूको सूची सार्वजनिक भएको छ ।
सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी आयकर तिर्नेमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । शाहरुखले ९२ करोड रुपैयाँ कर तिरेको दिएफर्च्युन इन्डियाको प्रतिवेदनले देखाएको छ ।
शाहरुखपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरू छन् ।
आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा रहेका विजयले ८० करोड रुपैयाँ कर तिरेका छन् भने पछिल्लो पटक टाइगर-३ मा देखिएका सलमान खानले ७५ करोड रुपैयाँ तिरेका छन् ।
अमिताभ बच्चनले ७१ करोड भारु कर तिरेका छन् ।
यस्तै, भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी क्रिकेटर विराट कोहली हुन्, उनले ६६ करोड रुपैयाँ तिरेका छन् ।
सूचीमा अर्को अभिनेता अजय देवगन छन्, जसले ४२ करोड भारु कर तिरेका छन् । उनीपछि रणवीर कपुरले ३६ करोड रुपैयाँ कर तिरेका छन् ।
ऋतिक रोशन र कपिल शर्माले क्रमशः २८ करोड र २६ करोड कर तिरेका छन् ।
पछिल्लो पटक क्रुमा देखिएकी करीना कपुरले २० करोड भारु कर तिरिन् भने उनका श्रीमान् अभिनेता सैफ अली खान यस सूचीमा छैनन् ।
शाहिद कपूरले १४ करोड भारु तिरेका छन् । कियारा आडवाणीले १२ करोड रुपैयाँ तिरिन् । त्यसपछि अभिनेत्री क्याट्रिना कैफ र अभिनेता पंकज त्रिपाठी, जसले ११/११ करोड रुपैयाँ कर तिरेका छन् ।
यसअघि यस्ता धेरै लिस्टमा देखा परेका अक्षय कुमार यस वर्ष उक्त सूचीमा छैनन् । सन् २०२२ मा अक्षय कुमारले देशको ‘सबैभन्दा बढी कर तिरेकोमा आयकर विभागबाट सम्मान पत्र पाएका थिए । एजेन्सीकाे सहयाेगमा
Copyright © 2024 Bikash Media Pvt. Ltd.