कुवेतमा रहेका नेपालीहरूले अलजमिल एक्सचेन्जबाट पैसा पठाउन सक्ने

  २०८१ भदौ २० गते १५:५७     विकासन्युज

काठमाडाैं । निओ मनी ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

निओ मनी ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनी ट्रान्सफर कम्पनी हो ।

कुवेतमा रहेका नेपालीहरूले अब अलजमिल एक्सचेन्जको शाखाहरूबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।

बैंक तथा वालेट भुक्तानी कारोवारहरू निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीहरूको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

निओ मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल अलजमिल एक्सचेन्जसँगको सहकार्यले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउन सहयोग पुग्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.