पर्यटन बोर्डको सीईओ बने दीपकराज जोशी, भने- यो मेरा लागि चुनौती र प्रेरणा हो

  २०८१ भदौ २० गते १९:४७     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीइओ०मा दीपकराज जोशी नियुक्त भएका छन् ।बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको बोर्डका वरिष्ठ निर्देशक तथा प्रवक्ता नन्दिनी लाहे थापाले जानकारी दिए ।
जोशी यसअघि पनि बोर्डको सीइओ भइसेकेका छन् । उनले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसकेका छन् ।
यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठन भएको उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।
नियुक्त भइसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले फेरि पनि बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएको बताए ।
‘परिस्थितीको प्रतिकुलता, स्रोतको शिथिलता र आफूप्रतिको पर्यटन क्षेत्रको अपेक्षाका बीचमा प्रतिफल देखाउनुपर्ने दायित्व छ, यो चुनौती पनि हो र मेरा लागि प्रेरणा पनि हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.