एनआईविएल ग्रोथ फण्डको लाभांश घोषणा

  २०८१ भदौ २१ गते ८:२८     विकासन्युज

काठमाडौं । एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश घोषणा गरेको छ । एनआइएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने क्यापिटलले बताएको छ । यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.