बजाजले दशैंतिहारको अवसरमा ल्यायो ‘क्यास सफारी’ अफर

  २०८१ भदौ २१ गते १२:४९     विकासन्युज

काठमाडौं- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।

नेपालीहरूको महान चाड बडा दशैंतिहार र छठको अवसरमा यस्तो स्किम ल्याएकाे हाे ।

‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।

कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्न यस्ताे किसिमकाे स्किम ल्याएकाे जानकारी दिए ।

बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५०% डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.