चार गुणाले बढ्यो बोटको व्यापार, ब्रान्ड वीक सेलमा ६० प्रतिशतसम्म छुट

  २०८१ भदौ २१ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा भारतको नम्बर एक अडियो तथा वेयरेवल ब्राण्ड बोटको व्यवसाय चार गुणाले बढेको छ । २०७९ फाल्गुनमा नेपाली बजारमा  प्रवेश भएकाे बाेटले छाेटै समयमा उल्लेख्य व्यवसाय गर्न सफल भएकाे हाे ।  यो अवधिमा व्यवसायमा चार गुणाले वृद्धि भएको बताएको छ ।

बाेटले नेपाली बजारको लागि टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको छ । कम्पनीले प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।

बोट पछिल्लो दुई आर्थिक वर्षमा निरन्तर रूपमा ब्राण्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दास्रो स्थान ओगट्न सफल रहेको छ ।

बोटले आफ्ना उत्पादनहरूको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्ताहरूमाझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादनहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

बोटका उत्पादनहरू अब नेपालभरि १ हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ। ब्राण्डको स्थापनादेखि नै बाेट दराजमा एक प्रमुख बिक्रीकर्ताको रूपमा प्रस्तुत भइरहेको छ ।

बाेटले नेपालभरि १० भन्दा बढी टचप्वाइन्टहरूबाट ग्राहकवर्गलाई वारेन्टी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

नेपालमा आफ्नो निरन्तर सफलतालाई प्रवर्द्धन गर्न बाेटले भाद्र २० देखि भाद्र २६ (सेप्टेम्बर ५ देखि ११) सम्म दराजमा ब्राण्ड वीक सेलको आयोजना गरिरहेको छ । यस अवधिमा ग्राहकहरूले रुचाएका उत्पादनहरूमा ६० % सम्मको छुट राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.