करिब ७ करोड रुपैयाँको चुरा, पोते, सिन्दुर र टीका आयात

  २०८१ भदौ २१ गते १४:१४     विकासन्युज

काठमाडौं- हरितालिका तीजको अवसरमा पौने ७ करोड रुपैयाँको टीका, चुरा, सिन्दुर र पोते आयात भएको छ । साउन महिनामा ६ करोड ८३ लाख ६२ हजार रुपैयाँको चरा, पोते, सिन्दुर र टीका आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार चीन, जापान र भारतबाट उक्त सामग्री नेपाल भित्रिएको हो । जसमध्ये ४ करोड ९१ लाख १३ हजार रुपैयाँको चुरा र टीका आयात भएको जनाइएको छ । भारत र चीनबाट चुरा र टीका आयात भएको हो ।

यसैगरी, १ करोड ८२ लाख २५ हजार रुपैयाँको पोते आयात भएको छ । चीनबाट ८१ लाख ६८ हजार रुपैयाँको पोते आयात हुँदा भारतबाट २६ लाख ६८ हजार र जापानबाट ७३ लाख ८९ हजार रुपैयाँको पोते आयात भएको छ ।

यसैगरी, १० लाख २३ हजार रुपैयाँ बराबरको सिन्दुर आयात भएको छ । सिन्दुर सबै भारतबाट आयात भएको हो ।

उक्त सामाग्रीहरू आयातबाट १ करोड २५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको ‍विभागले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.