टिकटक प्रतिबन्ध हटाउन इन्टरनेट कम्पनीलाई निर्देशन

  २०८१ भदौ २१ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लागिएको प्रतिबन्ध फुकुवा गर्न सबै इन्टरनेट सेवा र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले प्रदायक संस्थाहरुलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको जनाएको छ ।

सरकारले २०८० कार्तिक महिनादेखि टिकटकमा रोक लगाएको थियो । तर, गत भदौ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदले फुकुवा गर्ने निर्णय गरेपनि सबै इन्टरनेट सेवामा टिकटक फुकुवा भएको थिएन् । सरकारबाट आधिकारीक जानकारी नआएको भन्दै इन्टरनेट प्रदायकले टिकटक फुकुवा गरेका थिएनन् । प्राधिकरणको यो निर्देशन पछि अब भने सबै इन्टरनेटमा टिकटक चल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.