आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

  २०८१ भदौ २१ गते १५:३१     विकासन्युज

काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन भएको थियो ।

बीमा अभिकर्ताको रूपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि सो तालिम दिइएको कम्पनीले जनाएको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिमपश्चात सहभागीहरूलाई प्रमाणपत्रसमेत कम्पनीले वितरण गरेको थियो । तालिमबाट अभिकर्ताहरूको माध्यमबाट ग्राहकले सहजरूपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.