विशाल बिल्डिङ, कंक्रिटको काठमाडौं (फोटोफिचर)

  २०८१ भदौ २२ गते ११:३५     विकासन्युज

काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ ।

अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो । तर, अहिले कंक्रिटको पहाड बनेको छ ।

तस्बिर न्यूज एजेन्सी नेपाल  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.