रेकर्ड बिन्दुमा पुगेको डलरको मूल्य घट्यो, यस्तो छ अन्य देशको मुद्राको भाउ

  २०८१ भदौ २३ गते ६:४३     विकासन्युज

काठमाडौं । रेकर्ड बिन्दुमा पुगेको अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

आज एक युरोको खरिददर १४८.८४ रुपैयाँ र बिक्रीदर १४९.५० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.२९ रुपैयाँ र बिक्रीदर ९९.७४ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७० रुपैयाँ र बिक्रीदर ३५.८६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०९ रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.