कालिका लघुवित्तका तीन जना संस्थापक बाहिरिँदै

  २०८१ भदौ २३ गते ६:४९     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तका अनुसार संस्थापक सेयरधनी मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तको उक्त सेयर संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.